डेंगु संक्रमितको संख्या ७ हजार ७३३ पुग्यो, सबैभन्दा धेरै सुनसरीमा-Sutra News

डेंगु संक्रमितको संख्या ७ हजार ७३३ पुग्यो, सबैभन्दा धेरै सुनसरीमा

सोमबार, २२ साउन २०८०

सोमबार, २२ साउन २०८०

देशभर डेंगुको संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ ।



इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्टसम्म डेंगु संक्रमितको संख्या ७ हजार ७३३ पुगेको हो ।

संक्रमित र मृतकको संख्यामा सुनसरी जिल्ला अगाडि रहेको छ । सुनसरीमा हाल ४ हजार ६७९ जना संक्रमित भइसकेका छन् ।

यसवर्ष नेपालमा डेंगुका चारवटै सेरोटाइप देखिएको छ । सेरोटाइप भन्नाले भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण रहेको महाशाखाको भनाइ छ ।

हालसम्म ७० जिल्लामा डेंगु पुष्टि भइसकेको छ । ईडीसीडीले डेंगुबाट हाल ७ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मृतक ६ जना सुनसरीका हुन् भने एक जना उदयपुरका हुन् । यी सबै मृतक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट रिर्पोटेड भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट