आज पनि घट्यो सेयर बजार-Sutra News

आज पनि घट्यो सेयर बजार

सोमबार, २२ साउन २०८०

सोमबार, २२ साउन २०८०

सेयर बजार आज पनि ओरालो लागेको छ । गत ७ साउनमा ६३ अंकले बढेर एक वर्षयताकै उच्च २२२७.१६ को विन्दुमा पुगेको नेप्से ८ साउनदेखि लगातार ५ कारोबार दिन गिरावट भयो । त्यसपछि १५ साउनमा एकल अंककको सामान्य वृद्धि भएपनि १६ साउनमा पुनः घटेर १७ र १८ साउनमा सामान्य बढेको थियो ।



आइतबार ३८.३७ अंकले गिरावट भएको नेप्से सोमबार पनि ३.२१ अंकले गिरावट हुँदा २०४८.२६ को विन्दुमा बन्द भएको छ ।

नेप्सेमा गिरावट भए पनि कारोबार रकम भने केही सुधार भएको छ । नेप्सेमा सूचीकृत भएर आइतबार मात्रै कारोबार सुरु भएको आईएमई लाइफ र नेपाल रिपब्लिक मिडियाको सेयर कारोबार उच्च हुँदा नेप्सेमा कारोबार बढेको छ।
सोमबार १ लाख १ हजार २३६ वटा कारोबारमा ६६ लाख ४७ हजार १४३ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब ३३ करोड ३६ लाखको कारोबार भएको छ ।

जसमध्ये आईएमई लाइफको सर्वाधिक ४३ करोड ६४ लाख र नेपाल रिपब्लिक मिडियाको ८ करोड २५ लाख १९ हजारको कारोबार भएको छ । यस्तै सोल्टी होटलको सेयर पनि ७ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।

सोमबार नेप्सेमा कुल २२४ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा ११६ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै १०० कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ८ कम्पनीको स्थिर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट