पाकिस्तान रेल दुर्घटनामा मत्यु हुनेको सङ्ख्या ३० पुग्यो-Sutra News

पाकिस्तान रेल दुर्घटनामा मत्यु हुनेको सङ्ख्या ३० पुग्यो

सोमबार, २२ साउन २०८०

सोमबार, २२ साउन २०८०

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार एक यात्रुवाहक रेल दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा ३० पुगेको पाकिस्तानी प्रहरीले बताएको छ ।



प्रहरीका अनुसार आइतबार रेलका कम्तीमा १० वटा डिब्बा लिकबाट खस्दा भएको उक्त दुर्घटनामा कम्तीमा १०० भन्दा बढी घाइते भएका छन् ।

सिन्धप्रान्तका मुख्यमन्त्री सैयद मुराद अली शाहले नौवटा डिब्बालाई खाली गरिएको र बाँकी डिब्बाका यात्रुको उद्धार कार्य जारी रहेको जानकारी दिए ।

उनले गम्भीर घाइतेलाई थप उपचारका लागि दक्षिणी बन्दरगाह शहर कराँची पुर्‍याइएको बताए । कराँचीबाट देशको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्ततर्फ जाँदै गरेको रेल नहरको पुल पार गर्ने क्रममा १६ देखि १७ वटा डिब्बा रहेको हजारा एक्सप्रेस रेल लिकबाट तल खसेको थियो ।

रेलमन्त्री ख्वाजा साद रफिकले अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेको र रेलमा ‘आक्रमण’ पछि दुर्घटना भएको हुनसक्ने सम्भावनालाई इन्कार गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट