सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सात दिनको समय पाएको छ।
सोमबार जिल्ला अदालतबाट सीआईबीले सात दिनको समय पाएको हो । यसअघि राजस्व अनुसन्धान विभागले उच्च अदालतबाट म्याद थप गर्दै आएको थियो । विभागले अनुसन्धानको जिम्मा सीआईबीलाई दिइसकेको छ।