कपाल र छाला स्याहार्ने इसेन्सियल तेल नेपाली बजारमा-Sutra News

कपाल र छाला स्याहार्ने इसेन्सियल तेल नेपाली बजारमा

बिहिबार, २५ साउन २०८०

बिहिबार, २५ साउन २०८०

स्किन केयर इसेन्सियल प्रालीले विभिन्न इसेन्सियल तेलहरूको बिक्री वितरण सुरु गरेको छ । कम्पनीले छाला तथा कपालको हेरचाह, मसाल लगायतमा प्रयोग हुने रोज हिप, जोजोवा, लेमन ग्रास, पुचोली, फ्रंग्किन्सेंस, टी ट्री , लाभेनडर, आर्गन एसेन्सियल्स तेलको विक्री सुरु गरेको हो ।



विश्वको विभिन्न देशबाट आयात गरिएको उच्च गुणस्तरको ती तेलहरू ३० मिलिलिटरको एम्बर बोतलमा बजारमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।

छाला तथा कपालको हेरचाहमा यस्ता तेलहरू प्रभावकारी देखिएका छन् । यस्ता तेलहरू प्राकृतिक र अर्ग्यानिक भएकाले छाला तथा कपालको हेरचाहमा यसको प्रयोग बढ्दो क्रममा रहेको छ ।

कस्मेटिक्सको जथाभाबी प्रयोग र न्यून गुणस्तरको कस्मेटिक्सको प्रयोगले हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नयाँ पीढीहरूले कस्मेटिक्सको सीमित प्रयोग गर्न एसेन्सियल्स तेल सुरक्षित मानिन्छ।

एसेन्सियल्स तेलहरू छाला तथा कपालको हेरचाहसँगै मसाज गर्न समेत उपयुक्त मानिन्छ । सामान्य खत सफा गर्न, चायाँ पोतो सफा गर्न, डन्डीफोरको उपचारमा समेत एसेन्सियल्स तेलहरू प्रयोग भइरहेको देखिन्छ।

सुगन्धित बिरुवाहरूबाट निकालिएको इसेंसियल तेलहरू प्राकृतिक एन्टी डिप्रेसन, दुखाइ कम गर्ने, मुड र प्रतिरक्षा बुस्टर समेत हुन् ।

अत्यावश्यक तेलहरूले राम्रो सुगन्ध दिन्छ, तनाव कम गर्दछ, फंगल सङ्क्रमणको उपचार गर्दछ र निन्द्रा ल्याउन समेत सघाउने कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट