विद्युत् प्राधिकरणले सेयर जारी गर्दै, कहिले आउँछ ?-Sutra News

विद्युत् प्राधिकरणले सेयर जारी गर्दै, कहिले आउँछ ?

बिहिबार, २५ साउन २०८०

बिहिबार, २५ साउन २०८०

नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष०७९/८० मा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ ।



आर्थिक वर्ष ०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

आर्थिक वर्ष ०७७/७८ मा प्राधिकरणको नाफा ६ अर्ब १० करोड रूपैयाँ रहेको थियो । आर्थिक वर्ष ०७८/७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड पुगेको थियो ।

प्राधिकरणका निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै प्राधिकरणले सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी गरिरहेको बताए । सर्वसाधारणमा सेयर जारी गर्नका लागि प्राधिकरणले प्रक्रिया अगाडि बढाइसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट