सामान्य बढ्यो सेयर बजार-Sutra News

सामान्य बढ्यो सेयर बजार

बिहिबार, २५ साउन २०८०

बिहिबार, २५ साउन २०८०
nepse

साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य बढेको छ । सेयर बजारमापक नेप्से परिसूचक बिहीबार पाँच दशमलव १३ अङ्कले बढेर दुई हजार ६६ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।



आज होटल, जलविद्युत्, लगानी, उत्पादन, म्युचल फन्ड, बीमा, अन्य र व्यापार समूहको सेयर बढेको छ । सबैभन्दा धेरै एसियन लघुवित्तको सेयर नौ प्रतिशत र सिंगटी हाइड्रोको सेयर साढे सात प्रतिशतले बढेको छ ।

आज दुई सय ६९ वटा कम्पनीका ५५ लाख तीन हजार कित्ता सेयर किनबेच भएका छन् । ५७ हजार सात सय पटक भएका कारोबारबाट दुई अर्ब १५ करोड ६५ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट