भारी वर्षाका कारण चीनमा २९ को मृत्यु, १६ जना बेपत्ता-Sutra News

भारी वर्षाका कारण चीनमा २९ को मृत्यु, १६ जना बेपत्ता

शुक्रबार, २६ साउन २०८०

शुक्रबार, २६ साउन २०८०

उत्तरी चीनको हेबेई प्रान्तमा भर्खरै आएको भीषण वर्षाका कारण उत्पन्न विपद्मा परी बिहीबारसम्म २९ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् ।



स्थानीय अधिकारीहरूले शुक्रबार जानकारी दिए अनुसार अविरल वर्षा र भीषण बाढीले प्रदेशका ११० जिल्लाका विभिन्न शहरहरूमा व्यापक क्षति पुर्‍याएको छ ।

शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विपद् प्रभावित क्षेत्रमा यातायात, विद्युत, सञ्चार, खानेपानीलगायतका पूर्वाधारमा क्षति पुगेको छ ।

बिहीबारसम्म बाढीबाट करिब ३० लाख ८९ हजार मानिस प्रभावित भएका छन् । साथै कुल ३१९,७०० हेक्टर बाली प्रभावित भएको छ भने १ लाख ३१ हजार ५०० हेक्टर क्षेत्रफल खेतियोग्य भूमिमा क्षति पुगेको छ ।

प्रकोपबाट ४० हजार ९०० घरहरू भत्किएका छन् भने १,५५,५०० घरहरू नराम्ररी क्षतिग्रस्त भएका छन् । शिशु शिक्षालयसहित १ हजार १५० प्राथमिक र माध्यमिक विद्यालयमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट