सांसद सुनील शर्मालाई थुनामा राख्न अदालतले दिएन अनुमति-Sutra News

सांसद सुनील शर्मालाई थुनामा राख्न अदालतले दिएन अनुमति

शुक्रबार, २६ साउन २०८०

शुक्रबार, २६ साउन २०८०

काठमाडौं जिल्ला अदालतले कांग्रेसका सांसद सुनील शर्मालाई हिरासतमा नराखी अनुसन्धान गर्न आदेश दिएको छ ।



शुक्रबार न्यायाधीश दण्डपाणि शर्माको एकल इजलासले शर्मालाई थुनामुक्त गरेर अनुसन्धान गर्न आदेश दिएको हो ।

शर्मालाई प्रहरीले म्याद थपका लागि जिल्ला अदालत उपस्थित गराएको थियो । शर्मा नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा शुक्रबार बिहान काठमाडौंको गोल्फुटाबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट