एकीकृत समाजवादीका कार्यावाहक अध्यक्ष डा. बेदुराम भुसालले ललिता निवास जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधव नेपाललाई अदालतले छानबिनको लागि दिएको आदेश नै संसयपूर्ण भएको बताएका छन् ।
अदालतले नहुने विषयमा आदेश दिएको बताउँदै कृषि तथा पशुपंक्षी मन्त्रीसमेत रहेका भुसालले वास्तविक विषयलाई मोडेर अदालतले दिएको आदेश स्वभाविक हो कि होइन ? भन्ने विषयमा समेत प्रश्न उठेको बताए ।
`न्याय क्षेत्रमा काम गर्ने कानुन व्यवसायीहरूले अदालतको आदेश अस्वभाविक भएको बताइरहेको बेला हामीले त्यसलाई संसयको रुपमा लिएका छौ,´ मन्त्री भुसालले भने ।
अध्यक्ष माधव नेपाललाई अदालतले छानबसन गर्न आदेश दिइरहेको बेला किन भगाउनुभयो भन्ने प्रश्नमा मन्त्री भुसालले त्यो आरोपमात्र भएको बताए । अध्यक्ष नेपाल पुर्वनिर्धारित कार्यक्रम अनुसार नै विदेश गएको बताउँदै भाग्यो या भगायो भन्नू प्रतिसोधपूर्ण भावना भएको जिकिर गरे ।