सडक दुर्घटनामा परी १० जनाको मृत्यु-Sutra News

सडक दुर्घटनामा परी १० जनाको मृत्यु

शनिबार, २७ साउन २०८०

शनिबार, २७ साउन २०८०

पश्चिमी गुजरात राज्य भारतमा शुक्रबार भएको सडक दुर्घटनामा तीन बालबालिका र पाँच महिलासहित १० जनाको मृत्यु भएको छ । साथै अन्य १३ जना घाइते भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।



राज्यको अहमदाबाद जिल्लाको बाभला-बगोदरा राजमार्गमा यात्रुवाहाक गाडी रोकी राखेको ट्रकसँग ठोक्किएपछि सो दुर्घटना भएको हो।

पीडितहरू नजिकैको जिल्लामा धार्मिक कार्यक्रममा सहभागी भई फर्कने क्रममा दुर्घटनामा परेका थिए। घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सो दुर्घटनामा ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले प्रत्येक मृतकका आफन्तलाई दुई लाख भारतीय रुपैया र प्रत्येक घाइतेलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट