डढेलोबाट मर्नेको संख्या ६७ पुग्यो-Sutra News

डढेलोबाट मर्नेको संख्या ६७ पुग्यो

शनिबार, २७ साउन २०८०

शनिबार, २७ साउन २०८०

अमेरिकाको हवाईको जंगलमा लागेको आगलागीमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।



सबैभन्दा बढी मृत्यु हवाईको माउ काउन्टी क्षेत्रमा भएको हो । उल्लेखनीय कुरा के छ भने धेरै ठाउँमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

हवाईका गभर्नरले भनेका छन् कि मृत्युहरू खुला ठाउँमा भएको हो र भवनहरू भित्र होइन । मृतकको संख्या अझै बढ्न सक्ने उनले बताए । हवाई प्रशासनले आगलागीको अनुसन्धान र सर्वेक्षण गर्न आदेश दिएको छ।

हवाईका गभर्नर जोस ग्रीनले लाहाइना नजिकैको आगो पहिले निभाइएको र त्यसपछि दमकल विभागले अन्य क्षेत्रमा ध्यानाकर्षण गराए पनि पछि आगोले लहाइना सहरलाई ध्वस्त पारेको बताए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार हवाईका गभर्नर जोस ग्रीनसँग कुरा गरेका छन्। उक्त कुराकानीमा गभर्नरले राष्ट्रपतिलाई अवस्थाबारे जानकारी दिँदै सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट