‘लाइभ’मा श्रीमतीको हत्या-Sutra News

‘लाइभ’मा श्रीमतीको हत्या

शनिबार, २७ साउन २०८०

शनिबार, २७ साउन २०८०

दक्षिण पूर्वीयुरोपमा अवस्थित बोस्नियामा एउटा निकै डरलाग्दो घटना रेकर्ड गरिएको छ ।



यस घटनामा सुलेजमानोभिक नामका एक बोस्नियाली बडी बिल्डरले इन्स्टाग्राममा लाइभ स्ट्रिमिङ गरेर आफ्नी पूर्वपत्नीको हत्या गरेका थिए। यसबाहेक उनले पछि अन्य दुई जनाको पनि हत्या गरी आत्महत्या गरेका छन् ।

समाचार अनुसार उत्तरपूर्वी बोस्नियाको तुज्ला शहरमा प्रहरीले एक विज्ञप्ति जारी गर्दै बडी बिल्डरले दुईजनालाई आक्रमण गरी उनीहरूलाई मारेको र तीन जना घाइते भएको बताएको छ।

बडिबिल्डरले पहिले आफ्नी श्रीमतीको हत्या गरे र त्यसपछि पेस्तोलको मद्दतले एक पुरुष र छोराको सडकमा गोली हानेर हत्या गरे । यसबाहेक बोस्नियाली सहरका विभिन्न स्थानमा बडि बिल्डरले एक प्रहरी, एक पुरुष र एक महिलालाई समेत घाइते बनाएका छन् ।

सुलाजमानोभिकले शुक्रबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो सेयर गरेका थिए । यसपछि उनले मोबाइलको क्यामेरा आफ्नी पूर्व पत्नीतर्फ फर्काए । उनकी श्रीमतीको अनुहारमा चोट लागेको थियो र उनको अनुहार रगतले लतपतिएको थियो । हातमा बन्दुक लिएर कराए र भने, ‘तपाईहरुले यस्तो कुरा हेर्न जाँदैछौ जुन तपाईहरुले पहिले कहिल्यै देखेका छैनौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट