अनवारुल हक पाकिस्तानका नयाँ प्रधानमन्त्री-Sutra News

अनवारुल हक पाकिस्तानका नयाँ प्रधानमन्त्री

शनिबार, २७ साउन २०८०

शनिबार, २७ साउन २०८०

पाकिस्तानमा शाहबाज सरिफ सरकारले राजीनामा दिएपछि शनिबार त्यहाँ कामचलाउ सरकार गठन भएको छ ।



अनवारुल हक कक्कडको नाममा सरकार र विपक्षी दलबीच सहमति भएपछि उनको नाम घोषणा गरिएको हो । अन्वारुल बलुचिस्तानका बासिन्दा हुन्।

यसअघि पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले हालै राजीनामा दिएका प्रधानमन्त्री शहबाज शरीफ र राष्ट्रिय सभामा विपक्षी दलका नेता राजा रियाजलाई शनिबारसम्म कार्यवाहक प्रधानमन्त्रीको नियुक्तिबारे निर्णय गर्न निर्देशन दिएका थिए । इस्लामावादमा दुवै नेता अनवरको नाममा सहमत भएका थिए ।

बलुचिस्तानका अनवरुल हक कक्कडले आज नै कार्यवाहक प्रधानमन्त्रीको सपथ लिने सम्भावना छ । अन्वर बलुचिस्तान नेसनल पार्टीका सिनेटर हुन्।

अगस्ट ९ मा पाकिस्तानको नेशनल एसेम्बली विघटन भएपछि कार्यवाहक प्रधानमन्त्रीको टुंगो लगाउन प्रधानमन्त्री शाहबाज शरीफ र राजा रियाजबीच पटक–पटक बैठकहरू भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट