१५ अङ्कले बढ्यो सेयर बजार-Sutra News

१५ अङ्कले बढ्यो सेयर बजार

आइतबार, २८ साउन २०८०

आइतबार, २८ साउन २०८०
nepse

साताको पहिलो दिन सेयर बजार दोहोरो अङ्कले बढेको छ ।



सेयर बजारमापक नेप्से परिसूचक आज आइतबार १४ दशमलव ८१ अङ्कले बढेर दुई हजार ८० दशमलव ८६ विन्दुमा पुगेको छ ।

आज दुई सय ७१ वटा कम्पनीका ९७ लाख १८ हजार कित्ता सेयर किनबेच भएका छन् । ९५ हजार नौ सय वटा कारोबारमा तीन अर्ब एक करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

सबैभन्दा धेरै नेपाल इन्सुरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयर ५८ करोड ४५ लाख रुपैयाँ र घोराही सिमेन्टको सेयर २३ करोड १५ लाख रुपैयाँमा खरिद बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट