नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन तस्करी प्रकरणमा आफूले गृहमन्त्री र अर्थमन्त्रीमाथि नैतिक प्रश्न मात्र उठाएको बताएका छन् ।
आज बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसद शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै १० साउनमा संसदमा बोलेको विषयमा स्पष्टीकरण दिएका हुन् ।
संसदीय दलको बैठकमा शर्माभन्दा अगाडि बोलेका अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा संलग्न भएको प्रमाण ल्याउन चुनौती दिएका थिए ।
सांसद शर्माले आफ्नो अभिव्यक्तिमा कुनै कमजोरी भए आगामी दिन सच्याउन तयार रहेको बताउँदै भने, ‘मैले प्रकाशरण दाइले सुन तस्करी गर्नुभयो, उहाँ सुन तस्कर हो भनेको होइन । मैले गृहमन्त्रीले तस्करी गर्नुभयो भनेको हो र ? मैले त नैतिक रुपमा जिम्मा लिने कि नलिने भनेर प्रश्न गरेको हुँ ।’