नवजात शिशुसहित ६ जना मारिए-Sutra News

नवजात शिशुसहित ६ जना मारिए

आइतबार, २८ साउन २०८०

आइतबार, २८ साउन २०८०

दक्षिणी युक्रेनमा रुसले गरेको आक्रमणमा परी २३ दिनकी एक बालिकासहित ६ जनाको मृत्यु भएको छ ।



रुसले खेरसन क्षेत्रमा ६ जनाको हत्या गरेको युक्रेनका गृहमन्त्री इगोर क्लाइमेन्कोले बताएका छन् । सिरोका बल्का गाउँमा उनीहरु मारिएका हुन् । सानिस्लाभ गाउँमा पनि तीन जना मारिएका उनले बताए ।

खेरसनका दुई भिन्न स्थानमा भएका अक्रमणमा चार जना घाइते भएका जानकारी दिँदै मन्त्री क्लाइभेन्कोले जसरी भए पनि आक्रमणकारीलाई परास्त गर्नैपर्ने बताए ।

गत वर्षको प्रारम्भमा रुसीसेना खेरसनबाट फर्केपछि त्यहाँ रुसी आक्रमण रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट