पानीपुरी र चटपटे बिक्री गर्न रोक लगाउने प्रस्ताव-Sutra News

पानीपुरी र चटपटे बिक्री गर्न रोक लगाउने प्रस्ताव

आइतबार, २८ साउन २०८०

आइतबार, २८ साउन २०८०

काठमाडौं महानगरपालिकामा वर्षातको सिजनमा पानीपुरी र चटपटे बिक्री गर्न रोक लगाउने प्रस्ताव भएको छ।



बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा खुला रुपमा बेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफूलको बजारमा निगरानी बढाउनु पर्ने प्रस्तावबारे छलफल भएको हो।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले पानीपुरी, चटपटेजस्ता खानेकुरामा उपभोक्ताहरु झुम्मिने गरेकोले हैजालगायत रोग छिट्टै सर्न सक्ने बताए।

यसअघि जारको पानीमा गरिएको अनुगमनका विषयमा जानकारी गराउँदै कृषि तथा पशुपंक्षी विभागका प्रमुख डा. अवधेश झाले कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने मापदण्ड रहेको बताए।

बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन बजारमा हुने व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल परिचालित हुने योजना बनाउनु पर्ने प्रश्ताव भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट