पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महराले सुन तस्करी प्रकरणमा एकोहोरो आफूहरूमाथि आरोप लगाएर चरित्र हत्या गर्न खोजिएको बताएका छन् ।
सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरा र उनको छोरा राहुलको संलग्नताबारे समाचार प्रकाशित भएको विषयलाई लिएरसमेत उनले सञ्चारमाध्यमहरूले एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्न खोजेको आरोप लगाएका हुन् । उनले आफूहरूको राजनीतिक जीवन सिध्याउने प्रयास भएको आरोप लगाए ।
सञ्चारमाध्यामले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबर्जस्त पुष्टि गराउन खोज्नु गलत मात्र नभई आफै न्यायालय बन्न खोजेको उनको जिकिर छ ।
साथै राज्यको निकायले अनुसन्धान गरिरहेको बिषयलाई आफूले पूर्ण रुपमा सहयोग गर्ने उनले बताए ।