नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्षौंदेखि सुन तस्करी नरोकिएको हुँदा कर लगाएर सुन आयात गर्नुपर्ने बताएका छन् ।
नयाँ बानेश्वरमा सोमबार बसेको संसदीय दल बैठकमा सभापति देउवाले सुन तस्करी रोक्न कर लगाएर सुन आयात गर्न दिनुपर्ने बताए । मागअनुसार सुन आयात नहुँदा तस्करी हुने गरेको पनि उनको भनाइ छ।