पोखराबाट एकैदिन तीन बालिका बेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका तीन बालिका बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा पोखरा महानगरपालिका-२ विन्ध्यावासिनी बस्ने तीन बालिका रहेका छन् । विन्ध्यावासिनीका १४ वर्षीया मनिका परियार, १३ वर्षीया एलिसा परियार र १४ वर्षीया राधिका परियार सम्पर्कविहीन भएकोमा हालसम्म पनि सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
आफन्तले भने दुई बालिकाले फोनमा कुरा गरे पनि कहाँ कस्तो अवस्था रहेको जानकारी नभएको बताए । परिवारका अनुसार उनीहरू हराउँदा बखत सेतो सट, निलो स्कटको स्कुल ड्रेस लगाएका थिए ।
परिवारले घरबाट स्कुल जान्छु भनी हिँडेका र हालसम्म घरमा फर्की नआएका, आफन्तको सम्पर्कमा नआएकी हुँदा खोजतलास गरी पाउँ भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।