बुधबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक सरेको छ ।
बुधबार दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक ५ भदौ मंगलबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी सारिएको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।
सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग राखेर प्रमुख प्रतिपक्षी एमालेले सदन अवरुद्ध गर्दै आएको छ ।