दोहोरो अंकले घट्यो सेयर बजार-Sutra News

दोहोरो अंकले घट्यो सेयर बजार

मंगलबार, ३० साउन २०८०

मंगलबार, ३० साउन २०८०

चालु साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । म्युचुअल फण्ड उपसूचकमा भने उछाल आएको छ ।



मंगलबार नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५ को विन्दु्मा कायम भएको छ । नेप्सेमा सूचीकृत २७८ कम्पनीहरुको ५६ लाख कित्ता सेयर किनबेच हुँदा २ अर्ब १५ करोड ७३ लाखको कारोबार भएको छ ।

नेप्से घटेसँगै १२ वटा उपसूचकमा रातो पोतिएको छ भने म्युचुअल फण्ड उपसूचक २८.९० प्रतिशतले बढेको छ ।
मंगलबार उत्पादन तथा प्रशोधन उपसूचक सर्वाधिक ४.२६ प्रतशितले घटेको छ । त्यस्तै, हाइड्रोपावर, फाइनान्स र होटल तथा पर्यटन उपसूचक क्रमशः २.३१, २.२४ र २.१५ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट