प्रधानमन्त्री पुष्पकमल दाहालले विद्युतीय चुरोट (भेप) मा ल्याइएको नौ किलो सुन प्रकरणमा जोडिएका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि अभियोजन अघि बढ्ने बताएका छन् ।
महरा र उनका छोरा राहुलको कनेक्सन देखिँदा पनि प्रहरीले उनीहरुलाई सामान्य सोधपुछसमेत गरेको छैन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानमा महराका बाबुछोराको पटक-पटक फोन सम्पर्क भएको देखिएको छ ।
प्रतिवेदनमा महराको नाम कसरी आयो र नाम आएपछि किन अभियोजन गरिएन भनेर प्रहरीलाई आफूले सोधेको उल्लेख गर्दै दाहालले यो विषयलाई अनुसन्धानमा अघि नबढाउने हो भने अहिले गरेका अरु सबै कामको पनि अर्थ नहुने जस्तो देखिएको बताए ।