रेखा थापाले आफ्नो सिनेमा ‘उपहार’मा भारतको प्रख्यात ब्राण्ड नन्दिनी ‘एनप्लस प्रोफेसनल’ब्यूटी प्रोडक्टसँग सहकार्य गर्ने भएको छ ।
सोमबार एनप्लस प्रोफेसनलका बजार व्यवस्थापक पदम शर्मा, ब्राण्ड एम्बास्डर बिना श्रेष्ठ र रेखा थापाबीच सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
त्यसो त एनप्लस प्रोफेसनल नारी-पुरुष दुवैले प्रयोग गर्न सक्छ । तर पनि ब्यूटी प्रोडक्टस भएकोले नारीप्रदान सिनेमामा नै सहकार्य गर्न पाउँदा खुशी लागेको एनप्लस प्रोफेसनलको व्राण्ड एम्बासडर तथा संचारकर्मी विना श्रेष्ठले बताइन् ।
भदौबाट छायांकनमा जाने सिनेमामा रेखाको अलवा पूजा शर्मा, बेनिसा हमाल, मुकुन भुसाल र समर्पण कार्कीको मुख्य भुमिका रहने छ ।