सरकारले खुलायो जग्गा कित्ताकाट-Sutra News

सरकारले खुलायो जग्गा कित्ताकाट

मंगलबार, ३० साउन २०८०

मंगलबार, ३० साउन २०८०

मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ।



आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जग्गा कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएकोमा खुला गरिएको बताइन्।

‘कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका सबै कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ,’ उनले भनिन् ।

जग्गा कित्ताकाटबारे जनताले भोग्नुपरेको झमेला अबका दिनदेखि समाधान हुने उनको भनाइ छ।

त्यसैगरी मन्त्रिपरिषद्ले गोरखामा रहेको बहुमूल्य ‘स्टोन’ (क्रिष्टल क्वार्ज) गोरखा दरबारमै राख्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट