कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री थापाले आफ्नै पार्टी कांग्रेसका गयानन्द मण्डल गनगाईलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त गरेका हुन् ।
मण्डलले आजै पद तथा गोपनियताको सपथग्रहण गरेका मुख्यमन्त्री थापाको सचिवालयले जनाएको छ ।
साउन १६ गते मुख्यान्त्री नियुक्त भएका थापाले माओवादीका बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना, एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार विकास र कांग्रेसका प्रदिपकुमार सुनुवारलाई खानेपानी, सिँचाइ तथा उर्जामन्त्री नियुक्त गरिसकेका छन् ।
मुख्यमन्त्री थापाले साउन २६ गते पहिलो पटक मन्त्रिपरिषद् विस्तार गरी जनता समाजवादी पार्टीकी एक्ली प्रदेश सांसद निर्मला लिम्बूलाई स्वास्थ्यमन्त्री नियुक्त गरेका थिए ।
कोशी प्रदेश सरकारलाई विश्वासको मत जुटाउने, बजेट अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने जस्ता चुनौती भने कायमै छ ।