गत साउन ३ गते बरामद भएको ६० केजी ७१६ ग्राम सुन बरामद प्रकरणमा प्रहरीले थप चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ परेका ती चारैजना चिनियाँ नाम प्रहरीले खुलाइसकेको छैन । उनीहरुलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदातलमा उपस्थित गराइएको छ। यसअघि पक्राउ गरेका १७ जनालाई पनि त्यति नै समय हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
उक्त सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले १७ जनालाई पक्राउ गरेर सीआईबीलाई बुझाइसकेको छ।