भ्रष्टाचारमा ‘हाइ प्रोफाइल कल्चर’अन्त्य : मन्त्री शर्मा-Sutra News

भ्रष्टाचारमा ‘हाइ प्रोफाइल कल्चर’अन्त्य : मन्त्री शर्मा

बुधबार, ३१ साउन २०८०

बुधबार, ३१ साउन २०८०

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले भ्रष्टाचारविरुद्धको अभियानले ‘हाइ प्रोफाइल’ कल्चर अन्त्य भएको बताएकी छन् । दाङको लमहीमा अजम्बरी सामुदयिक वनले आयोजना गरेको भेटघाट कर्यक्रममा मन्त्री शर्माले सो कुरा बताएकी हुन् ।



राजनीतिक नेतृत्वमा रहेका नेतालाई छानविनका लागि कानुनी दायरामा ल्याउन खोजेपछि जनताले कानुनी राज्यको अनुभुति हुन थालेको बताइन् । उनले भनिन्, ‘सरकारको भ्रष्टाचार नियन्त्रणको कामले कानुन सबैलाई बराबरी हो, भन्ने भान सबैमा भएको छ । यो अभियान रोकिदैन कोही कसैले रोक्दैन, बरु हाइ प्रोफाइल भन्ने कल्चरको अन्त्य हुँदैछ ।’

कानुन सबैलाई बराबरी लाग्ने भन्दै उनले ठूलाले हेप्ने सानाले सहने परीपाटी अन्त्य भएको बताइन् । संविधानको मातहतमा सबै बस्नुपर्ने भन्दै उनले बर्तमान सरकार शुसासन र विकासमै केन्द्रित रहेकाले सबै क्षेत्रबाट भ्रष्टाचार अन्त्य हुने विश्वास समेत व्यक्त गरिन् ।

नेपाल सरकारका प्रवक्ता शर्माले सरकारले थालेको शुसासन अभियानलाई जनस्तरबाट सहयोग भइरहेको भन्दै सञ्चार क्षेत्रको पनि महत्त्वपूर्ण सहयोग आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट