काठमाडौं उपत्यका उपराध अनुसन्धान कार्यालयले विभिन्न व्यक्तिहरूलाई हनी ट्रयापमा पारी ठगी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार अभियुक्तहरूले केटीहरुको समूहलाई सामाजिक संजाल मार्फत परिचालन गरेर फोनको आदान-प्रदान गरी सम्पर्क समन्वय गराई केही पुरुष व्यक्तीहरुलाई प्रत्यक्ष भेटघाट गरेर झुठ्ठा मुद्दा लगाई फसाई दिने भन्दै धम्की दिने गरेका थिए ।
साथै उनीहरूले ४० लाख रकम ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उक्त घटनामा संलग्न आरोयमा राजु खत्री र आयुष्मा भन्ने आसिका रजल मगरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।