प्याजको भाउ आकासिने सम्भावना, भारतले बढायो निर्यातमा अत्याधिक महसुल-Sutra News

प्याजको भाउ आकासिने सम्भावना, भारतले बढायो निर्यातमा अत्याधिक महसुल

आइतबार, ३ भाद्र २०८०

आइतबार, ३ भाद्र २०८०

काठमाडौं । भारतले चामलपछि प्याज निर्यातमा कडाई गरेको छ । प्याजको निर्यात रोक्ने उद्देश्यका साथ भारतले शनिबारदेखि भन्सार शुल्कमा गुणाको दरले बृद्धि गराएको छ ।



भारतीय सञ्चार माध्यमका अनुसार भारतको सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एण्ड कस्टमले शनिबारदेखि प्याज निर्यातमा ४० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको हो । जनाएअनुसार आन्तरिक बजारमा अभाव नहोस् भन्नका लागि निर्यातमा कडाई गरिएको हो ।

भारतको यस्तो निर्णयले भने नेपालसहित विश्वभर नै प्याजको भाउ महँगो हुने देखिएको छ । नेपालको मुख्य प्याजको स्रोत नै भारत हो । गत वर्ष मात्रै नेपालले भारतबाट छ अर्ब ७५ करोड रुपैयाँको १८ करोड किलो प्याज आयात गरेको थियो ।

नेपाली बजारमा हालसम्म प्याज प्रतिकिलो ६१ रुपैयाँ थोक मूल्यका खरिद बिक्री भइरहेको छ । भारतको पछिल्लो निर्णयसँगै नेपालमा प्याजको मूल्य स्वभाविक बढ्न सक्छ । भारतले प्रायः चाडपर्व नजिकिँदै जाँदा प्याजको निर्यातमा अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट