पहिलो कारोबार दिनमै नेप्सेमा पहिरो, यी हुन् घाटामा गएका कम्पनीहरु-Sutra News

पहिलो कारोबार दिनमै नेप्सेमा पहिरो, यी हुन् घाटामा गएका कम्पनीहरु

आइतबार, ३ भाद्र २०८०

आइतबार, ३ भाद्र २०८०

काठमाडौं । साताको पहिलो दिन आइतबार नै सेयर बजार परिसूचक नेप्सेमा पहिरो गएको छ । आइतबार २१.९९ अंकले बजार घट्दै २०११.१४ को बिन्दुमा झरेको छ ।



आज यस दिन सेन्सेटिभ इण्डेक्स ३.२५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३७ अंक र सेन्सेटिभ इण्डेक्स ०.८६ अंकले घटेको छ ।

आइतबार नेप्से परिसूचकमात्रै घटेन कारोबार रकम पनि ह्वात्तै घटेको छ । कारोबार रकमका आधारमा नेप्से तीन महिना अघिको अवस्थामा फर्किएको छ ।

आइतबार ४४ लाख ५९ हजार ४५९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब ४४ करोड ७४ लाख आठ हजार ९४२ रुपैयाँको भयो । जुन कारोबार रकम तीन महिना यताकै सर्वाधिक कम हो ।

आइतबार उच्च अंकले घटेको बजारमा १९० कम्पनीको मूल्यमा गिरावट आएको छ । बजार घटेपनि २९ कम्पनीको मूल्य भने झिनो अंकले बढेका छन् । आठ कम्पनीको मूल्य भने यसअघिकै तुलनामा रहे ।

आइतबार कृषि विकास बैंकको ऋणपत्रमा नकारात्मक सर्किट लाग्यो भने उपर सांगी जलविद्यूत कम्पनी, सिदार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम, ग्लोबल आइएमई लघुवित्तिय संस्था, लिवर्टी इनर्जीलगायतको मूल्य उच्च अंकले घट्यो ।

घटेको बजारमा आईएमई लाइफ इन्स्योरेन्स, हिमालयन डिष्ट्रिलरी, ज्योति विकास बैंक, सोल्टी होटललगायतका कम्पनीको सेयर किनबेच उच्चरुपमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट