काठमाडौं । आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ ।
संघीय संसद् सचिवालयले अपह्रान्न ३ बजे बैठक स्थगित गरेको सूचना टाँसेको थियो । बैठक भदौ ५ गते दिउँसो ३ बजे बस्ने सूचनामा उल्लेख छ ।
प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम सभाको अर्को बैठक यही ५ गते मङ्गलबारसम्म सारिएको संसदका महासचिवद्वारा जारी सूचनामा उल्लेख छ ।
आइतबार मात्रै सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरुको बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक राखेका थिए । तर, दुवै बैठकमा सहमति जुट्न सकेको थिएन । सहमति जुट्न नसकेपछि संसद बैठक स्थगित गरिएको हो ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने अडान प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले राख्दै आएको छ । उक्त अडान राख्दै एमालेले १० साउनदेखि संसद अवरुद्ध गरिरहेको छ ।