आँखा पाक्ने रोग लागि हालेमा कसरी उपचार गर्ने ?-Sutra News

आँखा पाक्ने रोग लागि हालेमा कसरी उपचार गर्ने ?

आइतबार, ३ भाद्र २०८०

आइतबार, ३ भाद्र २०८०

पछिल्लो समय आँखा पाक्ने रोग अर्थात् भाइरल कन्जंक्टिभाइटिसको महामारी फैंलदो छ । विशेषगरी घना बस्ती भएका सहरी क्षेत्रमा यसको प्रकोप बढिरहेको देखिन्छ ।



यो रोग लाग्दा आँखा रातो हुने र चिलाउने समस्या धेरैमा पाइन्छ । आँखाबाट आँसु बगिरहने वा कचेरा/चिप्रा लाग्ने लक्षण पनि यसमा देखिन्छ । आँखा बिझाउने र दुख्ने पनि हुने हुँदा संक्रमण भएपछि घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने हुन्छ ।

यो रोग लागि हालेमा एक/दुई हप्तासम्म समस्या निम्त्याउने गर्दछ । कतिपयलाई घरमै उपचार गर्दा हुन्छ भने कतिपयलाई अस्पताल नै धाउनुपर्ने अवस्था आउनसक्छ ।

यहाँ रोग लागि हालेमा घरमै कसरी स्याहार गर्ने भन्ने सन्दर्भमा केही जानकारी दिन खोजिएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले उपलब्ध गराएको जानकारीका आधारमा यहाँ पाठकका लागि जानकारी राखिएको छ । जानौं, आँखा पाक्ने रोग लागि हालेमा घरमै कसरी स्याहार गर्ने ?

– बरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमालमा राखेर सेक्ने ।

– आँखा नमिच्ने र आँखामा पानी नछ्याप्ने ।

– आँखा छोइसकेपछि साबुनपानीले हात मिचिमिचि राम्रोसँग धुने ।

– प्रशस्त मात्रामा पानी र पोषिलो खानेकुरा खाने ।

– बाहिर घाममा जाँदा कालो चस्मा प्रयोग गर्ने ।

– संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना आदि हरेक दिन धुने वा सफा गर्ने ।

– संक्रमित व्यक्तिले प्रयोग गरेको सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट