काठमाडौं । लायन्स क्लब अन्तराष्ट्रिय ३२५ जेको लायन वर्ष २०२३/२०२४ को प्रथम क्याबिनेट बैठक सम्पन्न भएको छ । आइतबार काठमाडौं धुम्बाराही स्थित कुण्डलिनी दरबार ब्याकेटमा बैठक सम्पन्न भएको हो ।
‘साहसिक सुरुवात’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै लायन्स क्लब अन्तरास्ट्रिय ३२५ जेले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि को रुपमा अन्तरास्ट्रिय डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटी साथै विशिष्ट अतिथिको रुपमा पि.आइ.डि. लायन संजय खेतानको उपस्थित रहेको थियो। त्यसैगरी, विशेष अतिथि लायन खगेन्द्र सिटौला, लायन केशव पाण्डे, लायन विशेश्वर आचार्य, निवर्तमान डिस्ट्रिक गभर्नर धुर्व श्रेष्ठ, पी.डी.जी. लायन ध्रुब थापा, लायन योगेन्द्र प्रधान र लायन प्रेम बहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
लायन्स क्लब अन्तरास्ट्रिय ३२५ जेले आयोजना गरेको एक दिवसीय कार्यक्रम क्याबिनेट सेक्रेटरी लायन आर बि अधिकारीले सञ्चालन गरेका थिए भने कार्यक्रमको अध्यक्ष्यता डिस्ट्रिक गभर्नर लायन हरि प्रसाद मरहठाले गरेका थिए। डिस्ट्रिक क्याबिनेट बैठक लायन्स क्लब अफ काठमाडौं बुढी गण्डकीले होस्ट गरेको थियो।
गण्डकी क्षेत्र र बागमती क्षेत्र गरी करिब ५०० भन्दा बढी लायन्स सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा २३ वटा नयाँ क्लबको समुदघाटन, पदाधिकारीहरुको पदस्थापन साथै उत्कृस्ट कार्य सम्पादन गर्ने लायन्स सदस्यलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा वर्तमान तथा भविष्यको कार्य योजनालगायतका विविध विषयमा डिस्ट्रिक गभर्नर हरिप्रसाद मरहठाले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा डिस्ट्रिकको आर्थिक गतिविधिसम्बन्धि विवरण क्याबिनेट ट्रेजरर लायन कपिल तिमल्सिनाले प्रस्तुत गरेका थिए ।
प्रमुख अतिथिको रुपमा रहेका बालकृष्ण बुर्लाकोटीले लायन्स अन्तराष्ट्रियको वर्तमान तथा भविष्यको योजना र लायन्स क्लब तथा सदस्यको भूमिका कस्तो रहनु पर्छ भन्ने विषयमा आफ्नो मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी, विशेष अतिथिको रुपमा पि.आइ.डि लायन संजय खेतानले नेपालमा लायानिजमको विकास र विस्तारमा गरेको ऐतिहासिक उपलब्धिलाई लायन्स अन्तरास्ट्रियले सधैँ प्रसंसा गरेको बताएका थिए ।
कार्यक्रममा देवी गुरुङ्ग, श्रीषा पौडेललगायतले बोलेका थिए ।