रिफाइन्ड तेल स्वास्थ्यका लागि फाइदाजनक कि हानिकारक ?-Sutra News

रिफाइन्ड तेल स्वास्थ्यका लागि फाइदाजनक कि हानिकारक ?

सोमबार, ४ भाद्र २०८०

सोमबार, ४ भाद्र २०८०

शरीरलाई स्वस्थ राख्न पौष्टिक खानाको सेवन गर्नु अति आवश्यक मानिन्छ । स्वास्थ्य विज्ञहरूका अनुसार पोषण खानेकुरा खाँदै गर्दा स्वस्थ खाद्य तेलको प्रयोग पनि अनिवार्य रहन्छ ।



हामीले खाने तेलले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ। स्वास्थ्य विशेषज्ञहरू रिफाइन्ड तेल हाम्रो स्वास्थ्यको लागि हानिकारक भएकाे बताउँछन् ।

रिफाइन्ड तेल विभिन्न रसायन र गन्धसँगै फिल्टर गरेर प्राप्त प्राकृतिक तेलको प्रशोधित रूप हो। यस्तो तेल हाम्रो स्वास्थ्यको लागि हानिकारक निकै हानिकारक हुने विज्ञहरूकाे भनाइ छ ।

आउनुहोस् हामी जानौं  रिफाइन्ड तेलले हाम्रो स्वास्थ्यमा कसरी गम्भीर असर गर्छ ?

रिफाइन्ड तेलबाट धेरै रोग लाग्ने खतरा

रिफाइन्ड तेलले हाम्रो स्वास्थ्यमा कसरी साइड इफेक्ट गर्छ भनेर बुझ्नको लागि गरिएको अध्ययनबाट धेरै कुराहरू बाहिर आएका छन्।

शोधकर्ताहरूले पत्ता लगाएअनुसार यदि तपाइँ दैनिक रिफाइन्ड तेलको सेवन गर्नुहुन्छ भने, यसले मधुमेह, ग्यास्ट्रो इन्टेस्टाइनल रोगहरू, एथेरोस्क्लेरोसिस, मोटोपना, प्रजनन समस्याहरू र प्रतिरक्षा समस्याहरू जस्ता धेरै पुरानो रोगहरू लाग्न सक्छ। त्यस्ता जोखिमहरूलाई ध्यानमा राख्दै, स्वास्थ्य विशेषज्ञहरूले सबै मानिसहरूलाई त्यस्ता तेलको खपत कम गर्न सल्लाह दिएका छन् ।

रिफाइन्ड तेलले घाउ खटिरा बढाउँछ

रिफाइन्ड तेलले शरीरमा घाउहरुको समस्याहरू बढाउने गरेको तथ्यले पुष्टि गर्छ । घाउ खटिरा आउँदा अन्य रोगहरु पनि निम्तिने हुन्छ ।

शोधकर्ताहरुले रिफाइन्ड तेलमा ट्रान्स फ्याटको मात्रा बढी हुने बताएका छन् । जसले हृदय रोग र क्यान्सरलाई बढावा दिन्छ।

ट्रान्स फ्याटले महिलामा सूजन र तौल बढाउने भएकाले मधुमेह र मुटुसम्बन्धी रोगको जोखिम बढ्ने स्वास्थ्य विज्ञहरू बताउँछन् ।

स्वस्थ तेल मात्र प्रयोग गर्नुहोस्

स्वास्थ्य विज्ञहरू रोगको जोखिम कम गर्न खानामा स्वस्थ र पौष्टिक तेलको सेवन गर्नुपर्ने बताउँछन् । जैतुनको तेल र तोरीको तेल हाम्रो स्वास्थ्यका लागि सबैभन्दा फाइदाजनक हुने अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् । केही अध्ययनमा सूर्यमुखीको तेल पनि स्वास्थ्यका लागि त्यति फाइदाजनक नभएको पाइएको छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट