भक्तपुर बाल सुधारगृह तोडफोड गरेर भागे २२१ जना थुनुवा-Sutra News

भक्तपुर बाल सुधारगृह तोडफोड गरेर भागे २२१ जना थुनुवा

सोमबार, ४ भाद्र २०८०

सोमबार, ४ भाद्र २०८०

काठमाडौं । भक्तपुरको सानो ठिमीस्थित बालसुधार गृहबाट ठूलो संख्यामा थुनुवा फरार भएका छन् । भक्तपुर प्रहरी प्रवक्ता डिएसपी बसन्त पाठकका अनुसार सोमबार दिउँसो सुधार गृह तोडफोड गरेर थुनुनाहरु भागेका हुन् ।



“सुधार गृहमा तीन सय जना जति थुनुवा बालबालिका थिए, तीमध्ये केहीलाई हामीले नियन्त्रणमा लिएका छौं”, पाठकले सञ्चारमाध्यमसँगको कुराकानीमा भनेका छन् । बताएअनुसार २२१ जना थुनुवा बालबालिका फरार भएका हुन् ।

उक्त सुधार गृहमा आइतबार बिहान थुनुवा १८ वर्षीय कमल बस्नेतको शंकास्पद मृत्यु भएको थियो । रामेछाप जिल्ला मन्थली नगरपालिका घर भएका उनको शंकास्पद मृत्युपछि थुनुवा बालबालिकाहरु आक्रोशित थिए ।

बस्नेतको मृत्युपछि सुधार गृहमा रहेका बालबालिकाले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए। त्यहाँ रहेका अधिकांश बालबालिकाहरूले प्रदर्शनकारीलाई साथ दिएका थिए।

थुनुवा बालबालिकाले लामाे समयदेखि सुधार गृहभित्र आफूहरूलाई खानपिन, स्वास्थ्य परीक्षण राम्रो नभएको भन्दै पनि विरोध जनाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट