अध्यक्षता गर्ने सांसदको मत प्रयोग गरी उद्धव थापाले पाए विश्वासको मत-Sutra News

अध्यक्षता गर्ने सांसदको मत प्रयोग गरी उद्धव थापाले पाए विश्वासको मत

सोमबार, ४ भाद्र २०८०

सोमबार, ४ भाद्र २०८०

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् ।



सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री थापाको पक्षमा ४७ मत र विपक्षमा ३० मत परेको छ । बैठकमा १६ प्रदेशसभा सदस्य अनुपस्थित रहेका थिए ।

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आज मुख्यमन्त्री थापाले विश्वासको मत लिएका हुन् ।

एमालेबाट उपसभामुख बनेकी सृजना दनुवारले सत्ता गठबन्धनतर्फ मत बहुमत पुग्न नदिने नीतिअनुसार बैठक छलेपछि कांग्रेसका मन्सुरीले बैठकको अध्यक्षता गरेका थिए । मन्सुरीको मत नपाउने हो भने थापाले विश्वासको मत पाउने अवस्था थिएन ।

त्यसैले उनले पनि थापालाई विश्वासको मत दिए । अध्यक्षता गर्ने व्यक्तिले दिएको मतको वैधानिकताबारे अब फेरी प्रश्न उठेको छ ।

सोमबार संसदमा एमाले र राप्रपाले विरोध गरेका थिए । यसबारे फेरि अदालतमा मुद्दा पर्ने सम्भावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट