काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. सिके राउत भारतको दिल्ली पुगेका छन् । देशमा राजनीति संक्रमण बढ्दै गइरहेको बेला उनी आज दिल्ली पुगेका हुन् ।
उनी दिल्ली किन गएका हुन् भनि खुलेको छैन यद्यपि पार्टीको विशेष काम लिएर उनी त्यहाँ गएको पार्टी स्रोतले जनाएको छ । सो क्रममा केही भेटघाट समेत भएको बताइएको छ ।