काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बुधबार पनि बस्दैछ । बैठक बिहान ८ बजेदेखि सुरु हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्याङ्क्वेटमा मंगलबारदेखि सुरु भएको छैटौँ बैठकमा राजनीतिक प्रतिवेदन, लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेश भएको थियो ।
माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक वैचारिक दृष्टिकोण, नेपाली समाजको विशिष्ट अवस्था, भूराजनीतिक परिस्थिति, समाजवादी व्यवस्थालगायत विषय उल्लेख गरिएको छ । राजनीतिक प्रतिवेदनमा नेकपा एमालेबाट अलग हुनुको औचित्य पुष्टि भएको भनिएको छ ।