संसद् पस्यो धरानमा गोरु काटेको प्रकरण, सरकारसँग जवाफ माग-Sutra News

संसद् पस्यो धरानमा गोरु काटेको प्रकरण, सरकारसँग जवाफ माग

बुधबार, ६ भाद्र २०८०

बुधबार, ६ भाद्र २०८०
फाइल तस्बिर

काठमाडौँ। नेपालमा शदिऔंदेखिको सामाजिक र धार्मिक सद्भाव खल्बल्याउने गरी धरानमा गोरु काटेर भोज गरिएको घटना सम्बन्धमा कांग्रेस सांसदले सरकारको जवाफ माग गरेका छन् ।



बुधवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेस सांसद शंकर भण्डारीले सामाजिक सद्भाव खल्बल्याउनेमाथिको कारबाहीबारे सरकारको जवाफ माग गरेका हुन् ।

‘नेपालको कानूनले सबैलाई आफ्नो धर्म मान्न पाउने सुनिश्चितता गरेको छ । तर, आपसी एकता र सहिष्णुतालाई चुनौती दिनेगरी धरानमा घटाएको घटना निन्दनीय छ । कुनै धर्मको आस्थाको केन्द्रमा धावा बोल्ने काम गरिएको छ,’ भण्डारीले भने, ‘नेपालमा शान्ति र स्थिरता देख्न नचाहने अतिवादीले यस्ता गतिविधि गरिरहेका छन् । सामाजिक र धार्मिक सद्भाव खल्बल्याउन खोजेका छन् । यो घटना सम्बन्धमा सरकारका तर्फबाट संसद्मा जानकारी गराइयोस् ।’

केही दिनअघि धरानमा गोरु काटेर भोज लगाएको विषय सामाजिक सञ्जालमार्फत बाहिर आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट