काठमाडौँ। नेपालले चार देश सम्मिलित महिला टी २० आई सिरिजमा कुवेतलाई हराउदै नेपाल फाइनल नजिक पुगेको छ ।
बुधबार भएको खेलमा नेपाल ३४ रनले विजयी भएको हो । लगातार दोस्रो जितसँगै नेपालको फाइनल सम्भावना वलियो भएको छ ।
नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन बनायो ।
कुवेतका लागि जिफा जिलानीले १९ बलमा १ चौकासहित सर्वाधिक ११ रन बनाइन् । त्यस्तै खादिजा खलिलले २२ बलमा १० रन बनाइन् ।
अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालको लागी इन्दु बर्माले ३ तथा खुशी डंगोलले २ विकेट लिइन् । ईश्वरी विष्ट, कविता कुँवर र सीता रानामगरले समान १र१ विकेट लिइन् ।
त्यसअघि टस हारेर पाहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनाएको थियो ।
नेपालका लागि ईन्दु बर्माले सर्वाधिक २३ रन बनाईन् । बिन्दु रावलले २० रन बनाउँदा काजल श्रेष्ठले अविजित १९ रन बनाईन् । नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कुवेतका लागि मरिन्मा हैदरले ४ तथा मरयाम ओमरले २ विकेट लिईन् ।
नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो ।
चार देश सम्मिलित सिरिजमा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ ।
सिरिजमा नेपालको तेस्रो खेल शुक्रबार मलेसियासॅंग रहेको छ ।
टोलीकी कप्तान रुविना क्षेत्रीले लगातार जितले उत्साह थपेको बताएकी छन्।
उनले भनिन्, ‘हामीले मलेसिया सिरिज र इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा हामीले गरेको प्रदर्शनल् हामी बलियो छौं भन्ने भइसकेको छ । सबैभन्दा महत्वपूर्ण भनेको हरेक खेलाडीमा हामीले यस पटक गर्नै पर्छ भन्ने भावना आएकाले पनि राम्रो नतिजाको अपेक्षा गरेका छौं ।’
नेपालले चार देशीय सिरिजमा गरेको प्रदर्शनले नेपालले क्वालिफार्यसमा कस्तो प्रदर्शन गर्ला भन्ने अनुमान पनि लगाउन सकिन्छ ।
नेपाली महिला क्रिकेट टिममा अहिले उत्साह भरिनुको अर्को कारण राष्ट्रिय टिममा पहिलो पटक विदेशी ब्याटिङ प्रशिक्षक आएकी छिन् । उनको आगमनले टिम थप बलियो बनेको छ ।
‘पहिलो पटक हामीले ब्याटिङ कन्सल्टेन्ट पाएका छौं । उहाँसँग मिलेर योजना बनाइ रहेको छु । हामीले अहिले सबैकुरा मिलाएर प्रशिक्षण गरिरहेका छौं । आशा छ, हामीले केही सकरात्मक नतिजा ल्याउनेृछौं’, प्रशिक्षक सामसन जंग थापाले भने ।