काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूहरूले नभएर सरकारले नै एक महिना संसद अवरोध गरेको तर्क गरेको छ ।
एमाले सचेत महेश बर्तौलाले बुधबारको प्रतिनिधिसभा बैठकमा एक महिना सदन अवरोध हुनुमा सरकार दोषी रहेको जिकिर गरेका हुन् ।
बर्तौलाले भने, ‘एक महिनासम्म अवरोध भइरहँदा एउटै कराण सरकार रह्यो । जब सरकारले बालहठ त्याग्यो सदन सुचारु भयो । सरकारले एक मसिहनासम्म अनदेखा गर्यो ।’
जाँचुबझ आयोग गठनको माग राख्दै एमालेले १० साउनदेखि सदन अवरोध गर्दै आएको थियो । सहमित भएपछि सदन चलेको हो । यता सत्तापक्षले भने यसबारे प्रतिक्रिया जनाएको छैन।