प्रधामन्त्रीले भने– अर्को वर्षदेखि गौरामा बिदा दिइन्छ-Sutra News

प्रधामन्त्रीले भने– अर्को वर्षदेखि गौरामा बिदा दिइन्छ

बिहिबार, ७ भाद्र २०८०

बिहिबार, ७ भाद्र २०८०
टुडिखेलमा गौरा पर्बमा डान्स गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सेर बहादुर देउबा भिम बहादुर रावल लगायत । फोटो प्रदीप राज वन्त

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले गौरा पर्वलाई आगामी वर्षदेखि राष्ट्रिय पर्वको रूपमा मनाउने घोषणा गरेका छन् ।



‘गौरा पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाउने घोषणा गर्दछु । साथै, गौरा पर्वको तिथि किटान होस्, म सरकारका तर्फबाट सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन पहल गर्नेछु,’ उनले भने ।

गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले आफू सुदूरपश्चिमका जनताको विकास नभई मुलुकको समृद्धि सम्भव छैन भन्ने विषयमा प्रस्ट रहेको बताए ।

‘बिहीबार मात्रै मन्त्रिपरिषद्को बैठकमा यो कुरा चलेको छ । यसलाई हामीले सकारात्मक मात्रै होइन, सुदूरपश्चिमका जनताको भावनालाई सम्बोधन गरेर जानुपर्छ भनेर बुझेका छौँ,’ उनले भने, ‘मैले लामो समयदेखि सुदूरपश्चिमको चाहना, आवश्यकता र भावनालाई बुझेर काम गर्दै आएको छु, सुदूरपश्चिमका जनताको विकास नभई मुलुकको समृद्धि सम्भव छैन ।’

प्रधानमन्त्री दाहालले सुदूरपश्चिमको शिक्षा क्षेत्रलाई अघि बढाउने आफूले विगतदेखि नै पहल गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट