भदौ १२ मा संसद्मा प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम हुने-Sutra News

भदौ १२ मा संसद्मा प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम हुने

बिहिबार, ७ भाद्र २०८०

बिहिबार, ७ भाद्र २०८०

काठमाडौँ। प्रतिनिधिसभामा भदौ १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर हुने भएको छ । सभामुख देवराज घिमिरेले बिहीबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमबारे जानकारी गराएका हुन् ।



प्रश्नोत्तर कार्यक्रममा १५ जना सांसदहरुले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउनेछन् । सभामुख घिमिरेका अनुसार यस पटक समूह २ मा रहेका सांसदहरुले प्रश्न सोध्न पाउनेछन् ।

प्रश्न सोध्न चाहने सांसदलाई भदौ ८ गते दिउँसो ३ बजेभित्र प्रतिनिधिसभाका सचिवलाई सूचना दिन सभामुख घिमिरेले आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको अर्को बैठक भदौ १२ गते विहान ११ बजेका लागि बोलाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट