काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दुई सय ६८ जनालाई प्रतिवादी बनाउन राय दिँदै जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
सीआईबीले पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र संजय साहलाई पनि प्रतिवादी बनाइएको छ। पूर्वमन्त्रीहरु सबैलाई फरारको सूचीमा राखिएको छ । तर, गच्छदार र जोशीले भने सीआईबीमै पुगेर बयान दिएका थिए ।
यस्तै, अनुसन्धान प्रतिवेदनमा रामकुमार सुवेदी, उनकी पत्नी माधवी सुवेदी, शोभाकान्त ढकाल, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह काठमाडौं ५ का तत्कालीन वडासचिव शिवजी भट्टराई, भूमीसुधार तथा व्यवस्था विभागका तत्कालीन महानिर्देशक रुद्र कुमार श्रेष्ठलाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ।
सीआईबीको प्रतिवेदनअनुसार छ जनालाई हाजिरी जमानीमा छाडिएको छ भने एक जना नख्खु जेलमा छन्। त्यस्तै, १८ जना पक्राउ परेका छन् र बाँकी फरार रहेको सीआईबीको प्रतिवेदनमा उल्लेख छ।
यो प्रकरणका मुख्य निर्णयकर्ता तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईलाई भने सीआईबीले प्रतिवादी बनाउन सिफारिस गरेको छैन । सीआईबीले यी दुवै जनासँग बयान भने लिएको थियो । तर, प्रतिवादी भने बनाएन।
यी हुन् सीआईबीले प्रतिवादी बनाएका २८६ व्यक्ति