कुन दिशा फर्किएर सुत्दा कस्तो फल ? जान्नुहोस् वास्तुशास्त्रको नियम-Sutra News

कुन दिशा फर्किएर सुत्दा कस्तो फल ? जान्नुहोस् वास्तुशास्त्रको नियम

शुक्रबार, ८ भाद्र २०८०

शुक्रबार, ८ भाद्र २०८०

स्वस्थ शरीरको लागि पौष्टिक आहार, योग–ध्यानका साथसाथै दिनचर्या पनि सही हुनुपर्छ । सही समयमा सुत्ने, सही समयमा उठ्ने, सही समयमा खाने जस्ता कुराहरु हामी दैनिकीरुपमा ध्यान दिनु अनिवार्य छ ।



हाम्रा शास्त्रहरुमा हाम्रो दैनिकी कसरी व्यवस्थित बनाउने भन्ने कुरा उल्लेख छन् । यहाँ हाम्रो दैनिकीको एउटा महत्वपूर्ण पक्ष सुत्ने तरिकाको विषयमा वास्तुशास्त्रअनुसार चर्चा गरिएको छ ।

कुन दिशातर्फ फर्किएर सुत्ने ?

शास्त्रअनुसार दक्षिण दिशातर्फ शीर राखेर सुत्नु निकै नै उत्तम मानिन्छ । यस्तो स्थितिमा स्वभाविकरुपमा खुट्टा उत्तर दिशातर्फ फर्केको हुन्छ । वैज्ञानिक पक्षबाट हेर्दा पनि चुम्बकीय धाराअनुसार शास्त्रीय मान्यता सही देखिन्छ ।

खासमा पृथ्वीको चुम्बकीय शक्ति हुने गर्दछ । जसमा दक्षिणबाट उत्तरतर्फ लगातार चुम्बकीय धारा प्रवाहित भइरहेको हुन्छ ।

जब हामी दक्षिणतर्फ शीर राखेर सुत्छौं, त्यो उर्जा हाम्रो शीरबाट प्रवेश गर्छ र खुट्टा हुँदै बाहिर निस्कन्छ । जसको कारण बिहान ब्यूँझदा मानिस निकै स्फूर्तपूर्ण हुने गर्दछ ।

यदि यसको विपरित सुतियो भने चुम्बकीय धारा खुट्टाबाट प्रवेश गरी टाउको हुँदै बाहिरिन्छ । यस्तो अवस्थामा मानिस सुतेपछि थप थकित हुने, मानसिकरुपमा अस्वस्थ हुने जस्ता समस्याहरु देखिन थाल्छन् । लामो समयसम्म यसरी सुत्ने मानिस अस्वस्थ बन्दै जानसक्छ ।

पूर्वतर्फ शीर फर्काउनु पनि उत्तम

हामी शीर दक्षिणमात्र होइन पूर्व दिशातर्फ पनि फर्काएर सुत्न सक्छौं । शास्त्रअनुसार पूर्व शीर र पश्चिमतर्फ पाउ राख्नुलाई पनि उत्तम मानिएको छ ।

खासमा सूर्यको कीरण पूर्वबाट निस्कने गर्दछ । सनातन धर्ममा सूर्यलाई जीवनदाता र देवताको रुपमा मानिएको छ । यस्तोमा सूर्यबाट किरण निस्कने दिशातर्फ पाउ फर्काउनु उचित मानिदैन ।

पूर्वतर्फ शीर र दक्षिणतर्फ पाउ राखेर सुत्न चुम्बकीय धाराअनुसार पनि सही हुन्छ ।

सुत्नु अगाडि ध्यान दिनुपर्ने कुराहरु

शास्त्रले सुताईको दिशामात्रै होइन, सुत्नु अगाडि र उठिसकेपछि पनि के गर्ने, के नगर्ने कुराहरु सुझाएको छ । जानौं सुत्नु अगाडि के गनुपर्छ ?

– कहिल्यै पनि गोँधुली साँझमा सुत्नु हुँदैन । गोँधुली साँझ अध्ययन, भजन, किर्तनलगायतमा लगाउने समय हो ।

– सुत्नुभन्दा दुई घण्टाअघि नै खाना खाइसकेको हुनुपर्छ । खाना खाएलगत्तै सुत्दा शारीरिक तथा मानसिक समस्याहरु देखा पर्दछन् ।

– अत्यन्तै जरुरी काम नभई रातमा अबेरसम्म जाग्नु उत्तम होइन । जसले मानसिक र शारीरिकरुपमा अस्वस्थ बनाउने गर्दछ ।

– सुत्नुभन्दा अगाडि मन शान्त राख्ने प्रयास गर्नुपर्छ । सकारात्मक कुरा मात्रै सोंचेर सुत्नुपर्छ ।

– शास्त्रअनुसार सुत्नुपूर्व भगवानका कथाहरु स्मरण गर्ने व्यक्तिको निन्द्रा निकै राम्रो हुने गर्दछ । शारीरिक तथा मानसिक समस्याहरु पनि हल हुने गर्दछन् ।

(यो आलेख आजतकका लागि शास्त्री भुवन भास्कर बवान्डीले तयार पारेका हुन् ।)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट