डोनाल्ड ट्रम्पले किन गरे आत्मसमर्पण ?-Sutra News

डोनाल्ड ट्रम्पले किन गरे आत्मसमर्पण ?

शुक्रबार, ८ भाद्र २०८०

शुक्रबार, ८ भाद्र २०८०
trump

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका छन् ।



गएको राष्ट्रपति चुनावपछि उनले गरेका काम र दिएका अभिव्यक्तिलाई आधार बनाउँदै उनीविरुद्ध विभिन्न १३ अभियोग दर्ता भएको छ । आफूविरुद्ध अभियोग लागेपछि ट्रम्पले आत्मसमर्पण गरेका हुन् ।

उनले फुल्टन काउन्टी जेलमा औंठाछाप लिनेदेखि सबै प्रक्रिया पूरा गरेका छन् । छोटो प्रहरी प्रक्रियापछि ट्रम्प दुई लाख डलरको जमानत तिरेर त्यहाँबाट रिहा भएको बिबिसीले जनाएको छ ।

ट्रम्पले आफूविरुद्ध लागेका सबै आरोपहरु पूर्वाग्रह प्रेरित भन्दै अस्वीकार गर्दै आएका छन् । प्रहरी प्रशासनमा आत्मसमर्पणपछि छोटो प्रतिक्रिया दिँदै उनले आफू निर्दोष भएको र सन् २०२० को चुनावमा वास्तवमै हस्तक्षेप गरिएको बताए ।

“मलाई विश्वास छ, त्यो निर्वाचन धाँधलीपूर्ण थियो”, उनको विमानबाहिर पर्खिरहेका पत्रकारहरूलाई उनले भने, “मैलै कुनै गल्ती गरेको छैन र यो सबैलाई थाहा छ ।”

तर खासमा ट्रम्पविरुद्धका अभियोग चुनावी नतिजाप्रति आपत्ति जनाएकोमा भने होइन। उनलाई निर्वाचन प्रक्रियामा नै प्रभाव पार्ने गरी गैरकानुनी कार्य गरेको अभियोग लागेका छन्।

सन् २०२४ मा पुनः राष्ट्रपति निर्वाचनमा लड्न आँटेका ट्रम्पले सामना गरिरहेको यो चौथो फौजदारी मुद्दा हो। यसअघि बुधवार ट्रम्पका पूर्व वकिल रुडि जुलियानी तथा अन्य प्रतिवादीहरूले पनि सोही मामिलामा फुल्टन जेलमा आत्मसमर्पण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट