काठमाडौँ। नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।
भोलि सिरहाको धनगढीमाई नगरपालिका– १४ अम्बासमा बस्ने भनिएको बैठक स्थगित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
निरन्तर वर्षासँगै बाढीपहिरो आइरहेकाले जान नसकिने भएकाले बैठक स्थगित गरेको उनले बताए । अर्को बैठकको मिति चाँडै तय गर्ने उनको भनाइ छ ।
अम्बास २०५४ सालमा मदन भण्डारी महासचिव निर्वाचित बनेको स्थान हो। सोही स्थानमा एमालेले बैठक राख्ने निर्णय गरेको थियो।