धरानमा गोरु काटेको विषयमा बोले हर्क साम्पाङ, यस्तो छ उनको अपिल-Sutra News

धरानमा गोरु काटेको विषयमा बोले हर्क साम्पाङ, यस्तो छ उनको अपिल

शुक्रबार, ८ भाद्र २०८०

शुक्रबार, ८ भाद्र २०८०

काठमाडौँ। धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले आपसी सद्भाव भाइचारा र एकता कायम गर्नका लागि नगरवासीहरुमा अपिल गरेका छन् । उनले शुक्रबार एक अपिल प्रकाशित गर्दै कुनै पनि प्रकारको समाजिक अन्तरसम्बन्ध खलबलिने गतिविधि नगर्न अनुरोध गरेका छन् ।



‘विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपालको पूर्वी पुरानो सहर धरानमा हाल केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति नै संवेदनशील बनाइरहेको छ । बहुजातीय, बहुधार्मिक सांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता सामाजिक, सांस्कृतिक सद्भावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य हो,’ राईले भनेका छन् ।

समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तरविरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने उनले उल्लेख गरेका छन् ।

केही दिन यता धरानमा गोरु काटेको विषय बहसमा आएको छ। केही व्यक्तिले गोरु काटेर खाएको भिडियो सार्वजनिक भएपछि हिन्दु धर्मालम्बीले विरोध गर्दैछन्। यता पहिचानबादीहरूले भने गोरुको मासु खान पाइने अडान राख्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट